
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्ता गठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गर्नुभएको छ ।
आइतबार जनकपुरधाम पुग्नुभएका मन्त्री ज्वालाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुप, बत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गर्नुभयो ।
उहाँले प्रतिगमनका बिरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरु एक ठाउँमा रहेको उल्लेख गर्दै गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गर्नुभयो । उहाँले गठबन्धन ढालेर केही पाइहाल्छौँ की भन्ने आशा गर्नेहरुले आशावादी नबन्न आग्रह गर्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभइ गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्