
काठमाडौं । ताप्लेजुङका बाढी पहिरोबाट जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको हो ।
यही असार २ गते राति निरन्तरको वर्षाले आएको बाढी र पहिरोका कारण उच्च जोखिममा परेको सिंगो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिन लागिएको छ ।
विपद् व्यवस्थापन समितिको आयोजनामा बसेको सर्वपक्षीय बैठकले तत्काल वडा नं. ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
अस्थायी टहरा निर्माणका लागि यहाँका सबै राजनीतिक पार्टी,सुरक्षा निकाय,जनप्रतिनिधिको संयुक्त टोली खटिएर आगामी साउन ७ गतेदेखि काम शुरु हुने बताइएको छ । बाढीपहिरोले यस गाउँपालिकाका बासिन्दा सबैभन्दा बढी प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्