
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको ज्यालावृद्धि गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
आइतबार काठमाडौंको माईतीघरमा भेला भइ ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको हो ।
हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाउनुपर्ने र सोही अनुसार काम अघि बढेपनि सरकारलाई खबरदारी गर्न दवावमुलक कार्यक्रम गरेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताउनुभयो । उहाँले सरकारलाई श्रमिकहरुको न्युनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
प्रदर्शनमा सहभागीहरुले श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार कायम गर्नुपर्ने, श्रम आयोग गठन गर्नुपर्ने,नीति,निर्माण तहमा श्रमिकको प्रतिनिधित्व गराउनुपर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् । स्थानीय तहमा श्रमिकको पञ्जीकरण गर्नुपर्ने लगायतका प्लेकार्ड र ब्यानरसहित प्रदर्शनकारीहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्