२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित


2.717k
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि साउन १ गते सोमबार बोलाइएको बैठक विशेष कारणवश स्थगित भएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

संघीय संसद्का महासचिव डा. गौतमले जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको उल्लेख छ ।