७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ : गगन थापा


988
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताउनुभएको छ ।

आइतबार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको बताउनुभयो । उहाँले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताउनुभयो ।

महामन्त्री थापाले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिष्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताउनुभयो । उहाँले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक हुने बताउनुभयो ।

महामन्त्री थापाले संसदीय दलको नेता बदल्नेकुरामा आफू निरन्तर लागिरहने बताउनुभयो ।