
फाइल तस्बिर
काठमाडौं । घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।
त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ ।
हवाई इन्धनको मूल्यमा भने स्वचालित प्रणाली लागू नगरिएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्