२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : महामन्त्री थापा


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले विश्वविद्यालयलाई दलिय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने बताउनुभयो ।

महामन्त्री थापाले विश्वविद्यालय ऐन ल्याउन ढिलो गरेर सरकारले यसको महत्वलाई बुझ्न नसकेको बताउनुभयो । उहाँले विश्वविद्यालयको विधेयकहरु ल्याउँदा कार्यपालिकाले कहीँ कतैपनि हस्तक्षेप गर्न नसक्ने गरी ल्याउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री थापाले नेपाल विश्वविद्यालयलाई पुराना विश्वविद्यालयहरुमा जस्तै दलिय भागबन्डा हुन दिनु नहुने बताउनुभयो ।