
काठमाडौं । नेपालले बंगलादेशमा जारी मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा जित हासिल गर्दै सिरिज जितेको छ ।
टाइब्रेकरमा वैकल्पिक गोलरक्षक अन्जना राना मगरले दुई पेनाल्टी जोगाएपछि नेपाल विजयी भएको हो ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा नेपाल ४–२ ले विजयी भयो । दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा अन्जनाले दुई पेनाल्टी प्रहार बचाएकी थिइन् । उनी ९० औं मिनेटमा कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
नेपाल र बंगलादेशले पहिलो मैत्रीपुर्ण खेलमा १–१ को बराबरी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्