२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिका र युरोपमा उच्च तापमान, जनजीवन अस्तब्यस्त


5.291k
Shares

एजेन्सी । अमेरिका र युरोपका बिभिन्न देशहरुमा अत्यधिक गर्मीले जनजीवन अस्तब्यस्त बनेको छ ।

अमेरिकामा पछिल्ला १६ दिनदेखिको अत्याधिक गर्मीले लु लाग्ने अवस्था खतरनाक स्तर पुगेको छ । अमेरिकाको राष्ट्रिय मौसम विभागले तापक्रम अझै उच्च रहने भन्दै लु को चेतावनी दिएको हो ।

उच्च तापक्रमका कारण अमेरिकाका एक तिहाइ मानिस प्रभावित भएका छन् । फ्लोरिडा, क्यालिफोर्निया र वासिङ्टनडीसी पनि गर्मीको चपेटामा परेको छ । क्यालिफोर्नियाको डेथ भ्याली संसारकै सबैभन्दा तातो ठाउँहरू मध्ये एक हो । हाल त्यहाँको तापक्रम ४९ डिग्री सेल्सियस पुगेको छ भने ५३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

लास भेगास र नवाडाको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको छ । उच्च तापक्रमसँगै जंगलहरुमा लागेको डढेलोले दुई करोड एकडको जंगल जलेर नष्ट भएको छ । अमेरिकामा हरेक वर्ष गर्मीका कारण करिब ७ सय बढीको मृत्यु हुने गरेको छ ।

यता युरोपका पोचुर्गल, स्पेन र फिनल्याण्डमा पनि तापक्रम वृद्धिले नयाँ रेकर्ड बनाउने क्रम जारी छ ।