
काठमाडौं । नागरिकतासम्बन्धी संशोधित ऐन लागू भएको डेढ महिना बितिसक्दा पनि नियमावली तयार नभएकाले आमाको नाउँबाट नागरिकता दिनेलगायतका नागरिकतासम्बन्धी प्रावधानहरू कार्यान्वयनमा आएको छैन ।
नागरिकतासम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न ल्याइएको सो ऐन जेठ १७ गतेदेखि लागू भएको थियो । त्यसपछि सर्वोच्च अदालतले दुई सातासम्म कार्यान्यवयनमा रोक लगाएको थियो । असार ७ गतेपछि फेरि सो ऐन कार्यान्वयन भएको थियो ।
नियमावली नहुँदा बुबाको पत्ता लाग्न नसकेका व्यक्तिले आमाको नामबाट नागरिकता पाउन सकेका छैनन् । त्यसै गरी गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता पाउन सकेका छैनन् । संशोधित कानुनअनुसार जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानले नागरिकता पाइरहेका छन् ।
उनीहरूलाई नागरिकता दिन नियमावली बाधक छैन ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्