
काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि स्पेनका कार्लोस अल्कारेजले जितेका छन् ।
लण्डनमा आइतबार राति भएको फाइनल खेलमा सर्वियाका नोभाक जोकोभिचलाई ३–२ को सेटमा हराउँदै अल्कारेजले उपाधि जितेका हुन् । जोकोभिचविरुद्धको खेल अल्कारेजले १–६, ७–६, ६–१, ३–६ र ६–४ को सेटमा जिते ।
३६ वर्षिय जोकोभिचलाई हराउँदै २० वर्षिय स्पेनीस खेलाडी अल्कारेजले विश्व टेनिसमा सर्वकालिन महान पुस्ता फेडेरर, नदाल र जोकोभिचको दबदबा अन्त्य भएको सन्देश दिए । अघिल्लो वर्ष युएस ओपन टेनिसको उपाधि जितेका अल्कारेजको लागि यो दोस्रो ग्राण्डस्लाम उपाधि हो ।
यो हारसँगै २३ उपाधिको किर्तीमानधारी खेलाडी जोकोभिचको २४ औं ग्राण्डस्लाम जित्ने सपना भने चकनाचुर भयो ।
विम्बल्डन टेनिसको महिलातर्फ ट्युनिसियाकी ओन्स जबिउरलाई ६–४ र ६–४ को सझो सेटमा हराउँदै चेक गणतन्त्रकी मार्केटा भान्द्राउसोभाले उपाधि जितेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्