
काठमाडौं । हवाई भाडा सोमबारदेखि लागु हुने गरी ६ प्रतिशत वृद्धि हुने भएको छ ।
सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक उडानमा श्रावन १ गते देखी हवाई भाडा वृद्धि गर्ने जानकारी दिएको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ ।
हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्