१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रास्वपाका उपसभापति अर्याललाई धम्की दिने ब्यक्ति पक्राउ


5.005k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका–९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका प्रहरीले जनाएको छ । कालिकोटेले गत १९ असारमा मोवाइलमा म्यासेज पठाएर उपसभापति अर्याललाई धम्की दिएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

फोन तथा म्यासेजमार्फत् कालिकोटेले अर्याललाई ज्यान मार्ने धम्की दिएको काठमाडौं प्रहरीले जनाएको छ ।