
काठमाडौं । सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
युवतीको एक समूहले अर्को समूहमाथि निर्घात कुटपिट गरेको हो । कुटपिट घटना गत असार २९ गतेको भएकने थियो । तर भिडियो भने हालै सामाजिक संजालमा भेएिको हो । ५ जना युवतीको समूहले ३ जना युवतीमाथि निर्घात कुटपिट गरेका थिए ।कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार १९ वर्षीया कृति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो। कृतिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए। प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको छ । कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन्। काम छ भन्दै ५ जनाले कोशी किनारमा बोलाएर ३ जनामाथि कुटपिट गरेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्