८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


माछा बिक्री गर्ने व्यवसायी छनोटमा अनियमितताको आशंका

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा छापा

1.781k
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले माछा बिक्री गर्ने स्टलमा नयाँ भाडा लगाउने गरी व्यवसायी छनोटका क्रममा अनियमितता भएको आशंका गरिएको छ ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले माछा बिक्री गर्ने ३ वटा स्टल भाडामा लगाउने क्रममा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आफैंले बनाएको मापदण्डविपरीत व्यवसायी छनोट गरेको भन्दै सोसम्बन्धी सम्पूर्ण फाइलहरू नियन्त्रणमा लिएर छानबिन थालेको छ ।

केन्द्रका एक अनुसन्धान अधिकृतका अनुसार सोमबार समितिबाट व्यवसायी छनोटसम्बन्धी सम्पूर्ण फाइलहरू नियन्त्रणमा लिएर सो कार्य तत्काल रोक्न निर्देशन दिइएको छ ।

सर्तकता केन्द्रले छानबिन पूरा नहुँदासम्म कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई यस सम्बन्धमा कसैसँग कुनै प्रकारको सम्झौता नगर्नसमेत निर्देशन दिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।