२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एन्फा र युनिलिभरको सम्झौता


1.092k
Shares

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टिमलाई एक वर्षका लागि युनिलिभर कम्पनीले प्रायोजन गरेको छ ।

मंगलबार अखिल नेपाल फुटबल संघ र युनिलिभर कम्पनीबीच प्रायोजनको सम्झौता भएको हो ।

सम्झौता पत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका अध्यक्ष आमलाल मुखर्जीले हस्ताक्षर गर्नुभएको हो । सम्झौता अनुसार युनिलिभरले नेपाली महिला टिमलाई वर्षमा २५ लाख रुपैयाँ दिनेछ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले नेपाली फुटबलले चुनौती खेपीरहेको तर सरकारले सेवा सुविधा तथा देल पूर्वाधारका लागि व्यवस्थापनमा सरकार गम्भीर भएको बताउनुभयो । उहाँले नेपाली खेलाडीले सीमित स्रोत साधनको बाबजुद पनि राम्रो प्रदर्शन गरेको बताउनुभएको छ ।

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले यस सम्झौताले फुटबल खेल्न चाहने महिला खेलाडीलाई हौसला दिने बताउनुभएको छ । त्यस्तै, युनिलिभर नेपालका अध्यक्ष आमलाल मुखर्जीले आगामी विश्कपका लागि यो सम्झौताले सहयोग पुर्‍याउने जानकारी दिनुभएको छ ।