
काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ ।
मंगलबारको पार्टी केन्द्रिय कार्यसमिति बैठकअघि अभियानलेपार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो ।
प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतिको सामना गर्न कांग्रेसले नसक्ने बताउनुभयो ।
नेता घिमिरेले नेपाली कांग्रेसलाई आन्तरिक रुपबाटै सुदृढ बनाएर विभिन्न आयामहरुमा देखिएका विभिन्न खाले समस्याहरुलाई समाधान गरेर पार्टीका अवयवहरुलाई क्रियाशील र गतिशिल बनाउन नसकिने बताउनुभयो ।
कांग्रेस रुपान्तरण अभियानले गत जेठ ११ देखि ३१ गतेसम्म सातै प्रदेशमा भेला गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्