१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’का लागि छनोट


845
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड २०२३’का लागि छनोट भएको छ ।

यसै वर्षको नोभेम्बर ३ देखि ५ तारिखसम्म स्वीजरल्याण्डको लुगानो सहरमा हुने अवार्ड कार्यक्रममा काठमाडौं महानगरपालिका छनोट भएको पत्र पठाउँदै आयोजकले पर्यटन क्षेत्रका वैज्ञानिक पेसाकर्मीहरूको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको जनाएको छ ।

काठमाडौंको सांस्कृतिक, धार्मिक र पुरातात्विक इतिहास, मूर्त अमूर्त सम्पदा र जीवन्त सहरी वातावरणले आगन्तुकलाई मोहित बनाउने गरेको पत्रमा उल्लेख गरिएको छ । यो अवार्ड विगत १५ वर्षदेखि भइरहेको छ ।

अवार्डका लागि स्थानीय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले आवेदन दिन सक्ने छन् ।