८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


जनतासँग जोडिएला कांग्रेस ?


130
Shares

काठमाडौं । ‘यो देश आफैंमा पनि पुरानो हो। पुरानो नाता सम्बन्धलाई तोडिराखेर, नयाँनयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत असार ३० गते तमु संघले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको अभिव्यक्ति हो यो। मुलुकको पुरानो तथा लोकतान्त्रिक र सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएको नेपाली कांग्रेसप्रति जनताको आकर्षण घट्दै गएका बेला महामन्त्री शर्माको यो भनाइ आएको हो।

पार्टी नेता तथा कार्यकर्ता कांग्रेसप्रति असन्तुष्ट हुँदै नयाँ दलप्रति आकर्षित हुँदै गएका छन्। गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदाएका नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति कांग्रेसका मात्र होइन, एमाले, माओवादी केन्द्रसहित पुराना दलका नेता तथा कार्यकर्ताको आकर्षण बढेको देखिन्छ।

ठुला दलप्रतिको वितृष्णा निर्वाचनमार्फत यही दलमा पोखिएको हो। भलै यो पार्टीको सैद्धान्तिक धारणा स्पष्ट भइसकेको छैन। जनता रास्वपाको नीति तथा कार्यक्रम, सिद्धान्त र योजनाका कारण त्यसतर्फ आकर्षित भएका होइनन्, पुराना र ठूला दल कांग्रेस, एमालेसँगको आक्रोश र असन्तुष्टि त्यहाँ गएर पोखिएको हो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।