
काठमाडौं, असार ५ । नेवार समुदायले सिथि नखः पर्व मनाएका छन् ।
पानीका स्रोतको सरसफाई गर्दै सिथिः नख पर्व मनाउने गरिन्छ । यो पर्वमा टोलमा रहेका इनार, ढुंगेधारा, कुवा र पोखरीलगायतको सरसफाई गर्ने गरिन्छ ।
काठमाडौंको जैसीदेवलमा कुमारको पूजा गर्ने चलन छ भने भक्तपुरको ठिमीमा पद्मपाणी लोकेश्वरको जात्रा गर्ने चलन छ ।
इनार सफा गरिसकेपछि गुगी र मासको बारा तथा चटामरी खाने चलन पनि छ । नेवार समुदायमा आजबाट औपचारिक रुपमा रोपाइँ सुरु भएको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्