
काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ ।
सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो । यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ । सरकारले बनाएको कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्तिविकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रस लगायतका स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुको भुमिका बारेमा स्पष्ट पारिएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रुद्र मरासिनीले बढी जोखिम भएका ९२ वटा
डा. मरासिनीले नेपालमा सन् २००४ देखि हालसम्म १९ वर्षको अवधिमा ८३ हजार ६८१ जनामा डेंगु संक्रमण देखिएको बताउनु भयो । उहाँले पछिल्लो तथ्याङ्क अनुसार असार ३० सम्म २ हजार ९ सय ३० जनामा डेंगु संक्रमण देखिएको उल्लेख गर्नुभयो । मरासिनीले डेंगुको रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय भइरहेको पनि बताउनु भयो । सरकारको प्राथमिकता लामखुट्टे बस्ने ठाउँहरुको नष्ट गर्नु, घर आँगन, कार्यालय वरीपरी पानी जम्न नदिने जस्ता कार्य गर्नु रहेको बताउनु भयो । उहाँले लामखुट्टेको वृत्तिविकास खासगरी सफा र सङ्लो पानी जम्मा भएको ठाउँमा हुने बताउनु भयो । अहिलेपनि देशभरका धेरै ठाउँहरुबाट केसहरु बढ्दै गएको उहाँको भनाई छ । उहाँले लामखुट्टेको वृत्तिविकास हुन नदिने वातावरणको सृजना गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

डा.मरासिनीले डेंगु रोकथाममा सरकार गम्भीर भएर लागेको बताउनु भयो । उहाँले लामखुट्टेलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आम नागरिकमा सचेतना पु¥याउनुपर्ने बताउनु भयो । डेंगु सरुवा रोग भएकाले आफ्नो ठाउँबाट सबैले सचेत भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले अस्पतालहरु पनि शतर्क र सुदृढ हुन जरुरी रहेको बताउनु भयो । त्यसैगरी डेंगु संक्रमणको पछिल्लो अवस्थाबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट’ अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
डा.पुनले डेंगु रोकथाममा केन्द्र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीन तहकै सरकारबीच समन्वय र सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै डेंगुको संक्रमण थप फैलिनबाट रोक्न सकिने बताउनु भयो । उहाँले वर्षेनी डेंगुको संक्रमण बढीरहेकाले सरकार र आम नागरिकहरु पनि यसमा सचेत हुन जरुरी रहेको बताउनु भयो । डेंगु जोखिम शहरी इलाकामा बढी हुने उहाँको भनाई छ ।

उहाँले लामखुट्टेको वृत्ति विकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो अझ जटिल अवस्था हुन सक्ने बताउनु भयो । डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ, तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्