
कांग्रेस । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको बताउनुभएको छ ।
बुधवार पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा बोल्दै उहाँले प्रदेश समितिलाई उपेक्षा गर्ने गरिएको बताउनुभएको हो । पार्टीका नेताहरु प्रदेश समितिसँग समन्वय नगरिकन सिधैँ जिल्ला र स्थानीय तहमा जाने गरेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले पार्टीका कार्यक्रमहरुमा प्रदेश कमिटीलाई बाहिरै राख्ने गरिएको उल्लेख गर्दै आगामी दिनमा त्यसो नगर्न आग्रह गर्नुभयो । प्रदेशलाई कम महत्व दिए पार्टी संगठन कमजोर हुने उहाँको भनाई छ ।
उहाँले जिल्ला समितिहरु प्रदेशप्रति जिम्मेवार हुनुपर्ने बताउनु भयो । त्यसैगरी कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बानियाले पनि कांग्रेसले प्रदेशलाई बेवास्ता गरेको गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्