२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ


4.81k
Shares

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन् ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी सुनचाँदी पसलको सटर अगाडि बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको छ ।

पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखिएको बताइएको छ ।

सो शंकास्पद वस्तु बम नभएको पाइएको छ ।