१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाली महिला फुटबलालाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी


1.417k
Shares

काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।

बुधवार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उहाँलाई बिदाइ गरिएको हो । उहाँ इजरायलको क्लव हापोएल रानानाबाट युरोपमा लिग खेल्दै हुनुहुन्छ । बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदुत हानन गोदारले इजरायली क्लवमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिनुभयो । उहाँले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बिदाइ कार्यक्रममा बोल्दै फरवार्ड भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताउनु भयो । उहाँले एशियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताउनु भयो । उहाँले आफूले दक्षिण एशियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताउनु भयो । उहाँले आफ्नो यो यात्रा भावि पुस्ताका लागि र महिला फुटबललाई हेर्ने दृष्टिकोण बददल्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाइ दिनुभयो ।