
काठमाडौं । शुल्क वृद्धिको बिरोधमा विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेका छन् ।
उनीहरुले बुटवल तामनगरस्थित सीटीईभीटी प्रदेश कार्यालयका कार्यालय प्रमुख गोपाल आचार्यको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
सीटीईभीटीले पीसीएल नर्सिङमा ३२ प्रतिशत र एचएमा २८ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ ।
अखिल क्रान्तिकारीले तत्काल उक्त शुल्क वृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र समेत बुझाएको हाे ।
प्रतिक्रिया दिनुहोस्