
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान गर्न थालेको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिकामा रहेका ३९ घर परिवारका भूमिहीन सुकुम्बासी तथा दलितलाई लालपुर्जा वितरण गर्न निस्सा प्रदान सुरु गरेको हो ।
निस्सा वितरण गरिएका मध्ये १० परिवार भूमिहीन दलित र बाँकी २९ घरपरिवार सुकुम्बासी भूमिहीन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनुभयो ।
साँगुरीगढीमा जग्गा प्राप्त गर्न ४६ जनाले निवेदन दिएका भएपनि अन्यको हकमा जग्गा रहेको पाइएको समेत जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्