
एजेन्सी। भारतकाे उत्तराखण्डमा चमोली शहरमा करेन्ट लागेर १६ जनाको मृत्यु भएको छ ।
सो शहरमा रहेको नमामि गंगे आयोजना अन्तर्गत निर्माणाधीन आयोजनाको अलकनंदा नदी किनारमा ट्रान्सफर्मर पड्किएर करेन्ट चुहावट हुँदा १६ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार करेन्ट लागेर घाइते भएका २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विद्युत् प्रवाह बढेका कारण सर्ट सर्किट भइ घटना भएको जनाइएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्