
एजेन्सी । अल्जेरियामा यात्रुवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने, १२ जना घाइते भएका छन् ।
राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर टाढा तामनरासेट शहरमा यात्रुवाहक बस र खाद्य सामग्री बोकेको ट्रक एकआपसमा ठोक्किँदा ३४ जनाको मृत्यु भएको हो ।
ती दुई वटा सवारी साधन एक आपसमा ठोक्किँदा बसमा आगो लागेको थियो । दुवै सवारी साधन द्रुत गतिमा रहेकाले उक्त दुर्घटना भएको अनुसन्धानबाट खुलेको छ ।
गत वर्ष अल्जेरियामा २३ हजार सवारी दुर्घटना भएकोमा तीन हजार ४ सय बढीको ज्यान गएको थियो भने ३० हजारभन्दा बढी घाइते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्