
काठमाडौं । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका १३ स्थित शिबधारा इलाकाबाट साउन २ गते सशस्त्र प्रहरीले करिब १२ लाख २२ हजार ३ सय तेह्र रुपैयाँ बराबरको मोटर पार्टस् सहित एउटा सुमो गाडी नियन्त्रणमा लिएको छ ।
धरानबाट धनकुटातर्फ जाँदै गरेको ना १ ज ६२९२ नम्बरको सुमो गाडीमा सुरक्षा बेश धरानबाट खटिएको टोलीले जाँच गर्दा भिसीटिएस बिल नभएको र बिलबिजकमा उल्लेखित मुल्य भन्दा बढि सामान भएको हुँदा नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गाडी र सामान आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । विशेष सूचनाको आधारमा भन्सार छलिको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट साउन ३ गते सशस्त्र प्रहरीले कस्मेटिक समान बोकेको तीन वटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा विपद् व्यवस्थापन सुरक्षा बेश आदमघाट र राजश्व अनुसन्धान कार्यालय सुरक्षा बेश हरिहर भवनबाट खटिएको संयुक्त टोलीलेबिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८०४, ना ५ ख ५८०५, ना ६ ख ८५८८ नम्बरको ट्रकमा जाँच गर्दा भन्सार छलि ल्याउँदै गरेको कस्मेटिक सामानसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रक तथा सामान आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरीहर भवन ललितपुरमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्