
फाइल तस्वीर ।
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले बरामद गरिएको सुन ८० देखि एक सय किलोको बीचमा रहेको बताउनुभयो । उहाँले सुन हङकङबाट आएको खुलेको बताउनुभयो ।
विभागको टोलीले तीन जनालाई पनि पक्राउ गरेको छ । एक जना ट्याक्सी चालक र दुई जना सुन ल्याउने व्यक्ति भएको जनाएको छ।
विमानस्थल पास भएर आएको सुन भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका वेला बरामद गरिएको उहाँले बताउनुभयो ।
अपरेशन जारी रहेकाले विस्तृत विवरण आउन समय लाग्ने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्