८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


भेपले उदांगो पार्‍यो महरा बाबुछोराको सुन तस्करसँगको सम्बन्ध


8.424k
Shares

काठमाडौं । माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा फेरि अर्को विवादमा तानिएका छन् ।

१० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु लुई हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन छोरा राहुलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई मोबाइल सम्पर्क गरेपछि भएको प्रहरी अनुसन्धानमा महरा र उनका छोराको चिनियाँ सुन तस्करसँग अस्वाभाविक उठबस देखिएको खुलासा भएको हो ।

महरापुत्र राहुलले प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई मोबाइलमा फोन गरी लिलामी प्रक्रियाबारे चासो राखेको विषय हो, १० पुस २०७९ मा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङको लगेजबाट ठूलो परिमाणमा बरामद भएको इलेक्ट्रिक सिगरेट (भेप) । खासमा व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याइएको भन्दै त्यो ‘भेप’ जफत गरिएको थियो ।

त्यस दिन बिहान ७ः१० बजेदेखि अपराह्न १२ः०० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको यात्रु शाखाको प्रमुखको हैसियतमा श्रेष्ठ ड्युटीमा खटिएका थिए ।

चिनियाँ यात्रु ली हानसोङले लिएर आएको लगेजमा ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट रहेको भनी उनलाई ड्युटीमा खटिएकी नासु सुवर्णाप्रभा केसीले जानकारी गराएकी थिइन् ।

व्यापारिक प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने भन्दै जफत गरिएपछि प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखिएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।