२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भैरहवा भन्सारको राजस्वमा कमी


247
Shares

काठमाडौं । भैरहवा भन्सार कार्यालयको राजस्वमा कमी आएको छ ।

भारतबाट हुने आयात घट्दा राजस्वमा कमी आएको हो । आर्थिक वर्ष २०७९/८० मा राजस्व विभागले दिएको लक्ष्य अनुसार यसको आधा पनि भैरहवा भन्सारले पूरा गर्न नसकेको हो ।

एक खर्ब ५५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ७७ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको हो । आर्थिक मन्दीले गर्दा आयात कम हुनु र सरकारको नीतिका कारण राजस्व असुलीमा कमी आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भन्सार बढी उठ्ने वस्तुको आयात घटेको र अघिल्लो आर्थिक वर्षमा भएको राजस्व संकलनकै आधारमा यस वर्षको राजस्व सङ्कलनको लक्ष्य निर्धारण बढी रहेको बताइएको छ । बढी राजस्व उठ्ने डिजेल, पेट्रोल, बिलेट र अन्य व्यापारिक वस्तुको आयात घटेको कार्यालयले जनाएको छ ।

पेट्रोलियम पदार्थको आपूर्ति अमलेखगन्जबाट पाइपलाइनमार्फत गर्न थालेपछि बेलहीया नाकाबाट आयात घटेको भैरहवा भन्सार कार्यालयको भनाइ छ । साना सवारीसाधन, फलामे वस्तु र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारले झन्डै २५ प्रतिशत राजस्व संकलन गर्दै आएको थियो ।

भैरहवा भन्सारबाट निर्यात हुने वस्तु भने अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.८ प्रतिशतले बढेको कार्यालयले जनाएको छ ।