
काठमाडौं । भन्सार विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन जाँच पास गराउने कर्मचारीलाई निलम्बन गर्ने भएको छ ।
बुधबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट उक्त परिमाणको सुन जाँचपास गराउने कर्मचारीद्वय भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकाललाई निलम्बन गर्न लागिएको भन्सार विभागका एक अधिकृतले जानकारी दिए । विभागले निलम्बन गर्ने प्रक्रिया सुरु गरिसकेको छ । यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने विभाग स्रोतले जनाएको छ ।
चन्द र ढकाललेनै उक्त ब्रेक सुको चेकजाँच र जाँचपास गराएका थिए । बुधबार राजश्व अनुसन्धान विभागको टोलील उक्त परिमाणको सुन बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्