८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आजको बैठक सुरू


91
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बिहीबारको बैठक सुरू भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा केन्द्रीय सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्न सुरू गरेका हुन् ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने क्रममा कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांशले बताएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।