
तेह्रथुम । धनकुटामा लामो समयपछि हरिराज खेवा स्मृति पार्क बन्ने भएको छ ।
छथर जोरपाटी गाउँपालिकाले सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरिराज खेवा स्मृती पार्क बनाउने भएको हो ।
सात वर्ष अघि धनकुटामा बस दुर्घटनामा परि मृत्यु भएका खेवाको स्मृतीमा पार्क निर्माण सुरु गरिएको हो ।
दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । पार्क निमार्णको लागि गाउँपालिकाले ५ लाख रुपैया विनियोजन गरेसँगै निर्माण कार्य सुरु गरिएको हो । पार्कमा खेवाको सालिकसँगै दुर्घटनामा मृत्यृ भएका सबैको नामावली र संग्राहलय बनाउने उद्देश्य रहेको स्वर्गीय हरिराज स्मृति प्रतिष्ठानका संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ खेवाले बताउनुभयो ।
पार्क कोशी राजमार्ग नजिकै निर्माण सुरु भएको छ । स्थानीय जनसहभागीतासंगै गाउँपालिकाको सहयोगमा यो पार्क निर्माण सुरु गरिएको छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिपक गुरुङले बताउनुभयो ।
स्वर्गीय खेवा राजनीतिक, सामाजिक क्षेत्रका साथ साहित्यकार, नाट्यकर्मी र लेखकसमेत हुनुहुन्थ्यो । उहाँको स्मृतिमा निर्माण सुरु गरिएको पार्क यहाँ आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्