
काठमाडौं । रोल्पामा छोरी जन्मिने बित्तिकै परिवारको बैकं खातामा पाँच हजार रुपैयाँ जम्मा हुने भएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिकाले साउन १ गतेदेखि लागू हुने गरी छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ । यस कायक्रमका लागि आर्थिक वर्ष २०८०/८१ मा नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ ।
साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मिने हरेक छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउनका लागि उक्त कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ । बैंकमा जम्मा गरिएको उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । यसले बालविवाह रोक्नसमेत मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्