१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन हिरासतमा राख्न उच्च अदालतको अनुमति


1.508k
Shares

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।