१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिफा वरीयतामा नेपाल यथावत


234
Shares

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिनामा पनि १७५ औं स्थानमै रहेको थियो ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । ९९ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको छ । १५५ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १८९ औं स्थानमा रहेको छ ।

पाकिस्तान २०१ औं स्थानमा रहदा श्रीलंका २०४ औं स्थानमा छ । अर्जेन्टिना वरीयताको शीर्ष स्थानमा यथावत रहेको छ । विश्व वरीयताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ । यस्तै इंग्ल्यान्ड चौंथो स्थानमा र बेल्जियम पाँचौं स्थानमा रहेको छ ।