२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उत्तर कोरियाबाट अमेरिकाविरुद्ध आणविक हमलाको चेतावनी


3.419k
Shares

एजेन्सी । उत्तर कोरियाले कोरियाली प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधि बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ ।

अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा त्यसको जवाफ आणविक अस्त्र प्रहार हुने चेतावनी अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् ।

उत्तर कोरियाले पटक-पटकको चेतावनीपछि पनि अमेरिकाले जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको र थप सैन्य गतिविधि बढाउने योजना बनाएको भन्दै आक्रोश ब्यक्त गरेको छ । गत बुधबार मात्रै जापानी समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको उत्तर कोरियाले आणविक हमलाको धम्की दिने तहमा उत्रिएको हो ।

दक्षिण कोरिया तैनाथ एक जना अमेरिकी सैनिक भागेर उत्तर कोरिया प्रवेश गरेपछि अमेरिका र उत्तर कोरियाबीचको तनाव थप बढेको बेला उत्तर कोरियाले आणविक हमलाको धम्की दिएको हो ।