
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलको आकस्मिक रुपमा निरीक्षणका लागि पुग्नु भएको छ ।
गृहमन्त्री श्रेष्ठसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षणका लागि पुग्नु भएको छ ।
गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गर्नु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ ।
क्याथे प्यासेफिकको उडान मार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको अवस्थामा भेटिएको थियो ।
असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ ।
प्रतिक्रिया दिनुहोस्