१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूर पश्चिममा कामका लागि भारत जाने बढ्न थाले


260
Shares

काठमाडौं । सुदूर पश्चिमबाट कामकोलागि भारततिर जानेको संख्या बढ्न थालेको छ ।

खेतीपातीको काम सकिएपछि उनीहरु मजदुरी गर्नका लागि भारत तिर जान थालेका हुन । रोपाइँको काम सकेर धेरै नेपाली छोटो अवधिको कामका लागि भारत जाने गरेका छन् । अहिले भारत जाने युवाको कैलालीको त्रिनगर भन्सार नाकामा लर्को लाग्ने गरेको छ । कामधन्दा सकिएकाले काम गर्न भारत जान लागेको युवाहरुले बताएका छन् । भारतमा उनीहरु अधिकांश स्याउ टिप्न, घाँस काट्न र घरको काममा जाने गरेका छन् ।

कैलाली र कञ्चनपुरको विभिन्न गाउँबाट अहिले युवाहरू भारततर्फ गइरहेका छन् । नेपालमा रोजगारी नपाइने भएकाले उनीहरु मजदुरीका लागि भारत जाने गरेका हुन । रोपाइँको काम सकिएपछि मौसमी कामका लागि नेपालीहरू भारतको हिमाञ्चल प्रदेश, सिमला, रिमा लगायतका ठाउँमा जाने गरेका हुन् ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लाका सर्वसाधरण स्थानीय स्तरमा भरपर्दो काम नहुँदा भारतमै निर्भर हुँदै आएका छन् ।