१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रम अदालतको फैसला संग्रह विमोचन


182
Shares

काठमाडौं । श्रम अदालतले श्रम सम्बन्धी केही महत्वपूर्ण फैसलाहरुको संग्रह भाग १ विमोचन गरेको छ ।

आज शुक्रबार सर्वोच्च अदालतमा भएको एक कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उक्त पुस्तकको विमोचन गर्नुभएको हो । सो पुस्तकमा श्रमसम्बन्धी मुद्धामा सर्वोच्च अदालत र श्रम अदालतले गरेका करिब ५० महत्वपूर्ण फैसला समेटिएका छन् ।

कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको चौथो पञ्चवर्षीय राणनीतिक योजनामा अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरु प्रकाशन गर्ने रणनीति निर्धारण गरिएको बताउनुभयो । यसले अदालतले गरेका आदेश र फैसलाबारे आम रुपमा जानकारी प्राप्त हुने र फैसलाको गुणस्तरीयता अभबृद्धी गर्न समेत सहयोग पुग्ने बताउनुभयो । यस्ता संग्रह अनुसनधानकर्ता, न्यायाधीश, वकिल , कानूूनका विद्यार्थी लगायत सरोकारवालाकालागि लागि उपयोगी हुने प्रधानन्यायाधीश कार्कीले उल्लेख गर्नुभयो ।

श्रम अदालतका अध्यक्ष बासुदेव आचार्यले अदालतको क्षेत्राधिकारसंगै मुद्दाको चापपनि बढिरहेको भन्दै आफ्नै भवनको लागि पहल गर्न प्रधानन्यायाधीश कार्कीसँग आग्रह गर्नुभयो । अध्यक्ष आचार्यले अदालतमा मुद्दाको चाप बढेपनि फछ्र्योटमा भने आफ्नो लक्ष्य हासिल गरेको दाबी पनि गर्नुभयो ।