६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ : सभामुख घिमिरे


390
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताउनुभएको छ ।

शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान-प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयताको विषयमा प्रश्नहरु उठ्न थालेको बताउनुभएको हो ।

सभामुख घिमिरे संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पुर्ति भएन भन्ने टिकाटिप्पणी हुन थालेको बताउनुभयो । उहाँले संविधानको यो व्यवस्था माथि नै छलफल हुनुपर्ने माग समेत आउन थालेको भन्दै संघ र प्रदेश सभाहरुले जनआंकाक्षा अनुरुपको ऐन, कानून बनाउनुपर्ने बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था जनताले चाहेको व्यवस्था हो र यो व्यवस्था राष्ट्रको हीतमा छ भन्नेकुरा तीनै तहको सरकारले स्थापित गराउनुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले जनताको अपेक्षा पूरा गर्नेगरी कानून बनाउनुपर्नेमा जोड दिनुभयो । जनपक्षिय कानून बनाउनका लागि संघ र प्रदेश सभा र सांसदहरु सिर्जनशिल हुनुपर्ने बेला आएको बताउनुभयो । सभामुखहरुले सभालाई ठिक ढंगले सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।