
काठकाडाैं । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उपाध्यक्ष भुसालले एकीकृत हुनुपर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताउनुभयो । उहाँले अब फेरि बलियो कम्युनिष्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताउनुभयो ।
उहाँले समाजावादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्याउने र बलियो कम्युनिष्ट पार्टी बनाउने बताउनुभयो । अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिष्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने बताउनुभयो ।
उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक वहसले एकीकृत कम्युनिष्ट पार्टी बनाउने भुमिका निभाउने बताउनुभयो । उहाँले कम्युनिष्टहरु एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरुको उदय हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्