२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धौलिगंगा बाँध खोलिने हुँदा सचेत रहन आग्रह


1.885k
Shares

बैतडी । भारतको धौलिगंगा बाँध पुनः शनिबार खोलिने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन सबैसँग आग्रह गरेको छ ।

बाँध खोलिएपछि महाकाली नदीमा पानीको वहाव बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सर्तकता अपनाउन आग्रह गरेको हो ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविधुत परियोजनाको सिल्ट सरसफाईका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

योे समयमा महाकाली नदि किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्नसमेत अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिनुभयो ।

यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।