२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पोखरा बसपार्क नजिकको सडकमा पार्किङ आजदेखि बन्द


390
Shares

काठमाडौं । पोखरा बसपार्क क्षेत्रका सडक छेउमा आइतबारदेखि पार्किङ निषेध गरिएको छ ।

पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुलसम्म सडक छेउमा पार्किङ गर्न निषेध गरेको हो । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले पृथ्वीचोकको सडक छेउको पार्किङ हटाउने निर्णय गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

बसपार्क राजमार्गसँगै जोडिएकाले सडक छेउमै सवारी साधन पार्किङ गर्दा समस्या भएको महानगरको भनाइ छ । पोखरा बसपार्क बनाउन २०३२ सालमा पोखरा नगर उपत्यका विकास समितिले २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, बसपार्कको जग्गाकै बीच भागमा पृथ्वी राजमार्ग पर्ने भएकाले बसपार्कका लागि १ सय ८७ रोपनी छुट्याइएको थियो ।

अधिग्रहण गरिएको लामो समयसम्म काम नहुँदा अहिले अतिक्रमण हुँदै बसपार्ककको जग्गा ४० रोपनीमा खुम्चिएको छ । महानगरका अनुसार अहिले बसपार्कभित्र एकैचोटि १ सय १५ वटाभन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्छ ।