
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताउनुभएको छ ।
आईतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्यनिष्ट पार्टीहरु आफ्ना आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले मिल्नसक्ने, सहकार्य गर्नसक्नेहरुबीच सहकार्य र एकता गरेर अघि बढ्ने बताउनुभयो । उहाँले कम्युनिष्टहरुलाई जति मिलाउन सक्यो त्यत्ति धेरै शक्ति आर्जन गर्न सकिने बताउनुभयो । उहाँले कम्युनिष्टहरु जति धेरै विभाजित हुन्छन् त्यत्ति धेरै नोक्शान हुने बताउनुभयो ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्