
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आईतवारको बैठक शुरु भएको छ ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको हो । बैठक साउन २ गतेबाट शुरु भएको थियो । अहिलेसम्म कांग्रेसका १ सय १५ जना केन्द्रीय सदस्यहरुले बैठकमा समासामयिक राजनीति र पार्टीको आन्तरिक विषय लगायतमा आ –आफ्नो धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्दैछन् ।
यस अघि बोल्ने केन्द्रीय सदस्यहरूले बोल्ने क्रममा पार्टीका शीर्ष नेताहरूले नै गुटको नेतृत्व गर्दा पार्टी विभाजित बनेको भन्दै आपत्ति जनाएका छन् । बैठकको सामाजिक सञ्जालमार्फत लाइभ हुँदै आएकोमा भने केन्द्रीय सदस्यहरूले नेतृत्वको प्रशंसा गरेका छन् ।
जारी बैठकमा सभापति शेर बहादुर देउवा र महामन्त्री गगन थापा पक्षबिच लगातार कटाक्ष चलिरहेको छ । शेखर कोइराला समुह भने अलमलमा परेको देखिएको छ । केन्द्रीय समितिका बहुमत सदस्य पार्टी सभापति देउवा पक्षका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्