२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोईराला


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभएको छ ।

आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै नेता कोईरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राख्नुभयो । उहाँले कांग्रेसको निति ठिक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउनु नहुने बताउनुभयो ।

नेता कोईरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताउनुभयो । उहाँले केन्द्रका नेताहरुले टिकट वितरण नगरेर स्थानिय समितिलाई जिम्मेवारी दिनुपर्ने पनि बताउनुभयो ।

नेता कोईरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने बताउनुभयो । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उहाँले सत्तामा जानेमात्र होइन रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको गुट, उपगुटको पनि अन्त्य गर्नुपर्ने बताउनुभयो ।