
काठमाडौं । उपाधिको दावेदार मानिएको स्विडेनले जारी वुमेन्स वल्र्डकप २०२३ मा विजयी सुरुवात गरेको छ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबल अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ ले हराएको हो ।
प्रतियोगिताको तेस्रो वरीयता प्राप्त स्विडेनले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर जित हासिल गर्न सफल भयो । दक्षिण अफ्रिकाले हिल्डाह मागाइआको गोलले ४८ औं मिनेटमा अग्रता लिन सफल भएको थियो ।
फ्रिाडोलिना रोल्फोले ६५ औं मिनेटमा स्विडेनका लागि गोल गरिन र खेल बराबरीमा आयो । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला अमन्डा इलेसडेटले ९० औं मिनेटमा स्विडेनका लागि निर्णायक गोल गरिन् । जितसँगै स्विडेनले समूह ‘जी’ मा ३ अंक जोड्दै सुरुआती अग्रता पनि लिएको छ ।
यो समूहमा रहेका अर्जेन्टिना र इटालीबीच साेमबार प्रतिष्पर्धा हुँदैछ । आइतबारै समुह ‘ई’ को खेलमा नेदरल्याण्ड्स र पोर्चुगल तथा समुह ‘एफ’ मा फ्रान्स र जमैका भिड्दैछन् ।
प्रतिक्रिया दिनुहोस्